धनगढी – कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट ८ सय ५० मिलिग्राम लागूऔषधसहित किशोर पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनको नाम गोप्य राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।