अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको चुनावकालागि मात्रै व्यवसायीक फर्म दर्ता गरिएको खुलेको छ ।
गत भदौ २३ गते सम्पन्न भएको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष कल्याणसिंह बोहरा प्यानलले चुनावी प्रयोजनाकालािग मात्रै व्यवसायीक फर्म दर्ता गर्न लगाएको खुलेको हो ।
दर्ता र बन्द गर्दाको सम्पुर्ण खर्च आफुले व्यहोर्ने भनेर चुनावको समयमा फर्म दर्ता गर्न लगाएको तर चुनाव जितेपछी बाचा पुरा नगरेपछी संघकी सदस्य यसोदा भट्ट चोखाल र अध्यक्ष बोहराबिचको वादविवादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
दर्ता गर्ने र चुनाव सम्पन्न भएपछी फर्म बन्द गर्ने र उत्त खर्च बोहराले आफुले व्यहर्छु भनेर सहमति दिएको तर अहिले भने बमोजिम नगरेको र फर्मधनीले आफुलाई सताईरहेको यसोदा भट्ट चोखालले भिडियोमा भनिरहेकी छिन् ।
चुनावको समयमा बोहरा प्यानललाई समर्थन गरेकी चोखाललाई पछी समितिले कार्यसमिति सदस्यमा मनोनित गरेको थियो ।
बोहरा प्यानलबाटै चुनाव जितेका संघका महासचिव शंकर खड्काले भने चुनावकालागि मात्रै दर्ता गरेका भनिएका फर्मको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् ।
चुनावको समयमा वर्तमान अध्यक्ष बोहरा र कमल कडायतबिच प्रतिष्पर्धा हुने देखीएपछी बोहरा प्यानलले वडा नम्बर २ र ६ मा चुनावी प्रयोजनकालागि मात्रै केहि फर्म दर्ता गर्न लगाएको थियो ।
तर पछी कडायत पछी हटेपछी चुनावी समिकरण बदलिएको थियो । अत्तरिया उद्योग वाणिज्य संघमा हाल एक हजार पाँच सय ६३ सदस्य छन् ।