अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिएका छन् ।
थ्रीडिभिएल क्रिएसनको आयोजना, एनडिएस नेपालको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा झण्डा फेरिएका हुन् ।
यसै क्रममा गोदावरी काठेपुलको वरिपरी सरसफाई समेत गरेको जानकारी थ्रीडिभिएल क्रिएसनका सचिव एलआर ओझाले बताए ।
राष्ट्रिय झण्डा राखीएपछी सामाजिक सञ्जालमा भाइरल भएको उत्त पुलमा दिनहुँजसो पर्यटक पुग्ने गर्दछन् ।