Attariya Hospital Pvt.Ltd.

बैतडीमा कोदालो प्रहार गरेर श्रीमतीको हत्या

padma
milan sunchadi

अत्तरिया – बैतडीमा एक जनाले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ७ धामीगाउँकी ६२ वर्षीया किसन सिंह धामीले कोदालो प्रहार गरेर ५६ वर्षीया पार्वती धामीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले धामीले बिहीबार बिहान कोदालो प्रहार गरेर पार्वतीको हत्या गरेको बताए । उनकाअनुसार पार्वती धामीकी श्रीमती हुन् ।

धामीले आफ्नो घरमा डेरा गरि बस्ने डिलासैनी गाउँपालिकाका कर्मचारीमाथि समेत कोदालो प्रहार गरेका छन् । कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।

Siddi ganesh

उनीहरु मध्ये कलौनीको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दुवै जनालाई हेलीकोप्टरमार्फत उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । कोदालो प्रहार गर्ने किसनसिंह धामीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

satyawati

उनले श्रीमती र दुई जना कर्मचारीमाथि कोदालो प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.