तराई-मधेशमा आज होली मनाइँदै

Image
maya metro

तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर,  शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ।

nisarga

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।

होलीका अवसरमा सरकारले तराई-मधेशका जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ।