अत्तरिया – सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणमा दुई अध्यक्षलाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको छ ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
संघले अत्तरियामा सञ्चालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणमा नाम मुछिएपछी सम्पर्क बाहिर रहेका दुवैजना गत चैत्र १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा स्वएच्छिक हाजिर भएका थिए ।
प्रहरीका अनुसार ल्याब रिपोर्ट पनि सम्बन्धीत शाखामा उपलब्ध भईसकेको छ । महोत्सवमा भेटिएको नक्कली टिकट जिल्ला प्रहरी कार्यालय कैलालीले प्रमाणित गर्न ल्याबमा पठाएको थियो ।
विषय अनुसन्धानकै क्रममा रहेकोले ल्याब रिर्पोटको विषयमा थप प्रतिक्रिया दिन नमिल्ने प्रहरीको भनाई छ ।