Attariya Hospital Pvt.Ltd.

बैतडीमा जिप दुर्घटनामा सात जना घाइते

padma
milan sunchadi

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये चार अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ ।

बुधवार विहान २ः३० बजेको समयमा बैतडीको सुर्नया गाउँपालिका–३, सिदुन स्थित सतबाँज गोकुलेश्वर सडक खण्डमा धनगढीबाट बैतडी, तल्लादेहीतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ज ३८५ नं.को. बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट ६५ मिटर तल खसेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेका छन्।

Siddi ganesh

घाइतेमध्ये प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जाेशीले बताए।

अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ। जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ।

जिपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.