बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोला दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालीका ६ माइती र भारतको पीथौरागड घर भएकी २१ वर्षीय मिना जोशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम बिक्रम केशीले बताएका छन् ।
दुर्घटनास्थलमा जीपको मुनि च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल अस्पताल लैजाँदै गर्दै जोशीको बाटैमा मृत्युु भएको केशीले जानकारी दिए ।
जीपमा चालकसहित १३ जना सवार रहेको जनाईएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन्।