अत्तरिया – कैलालीको अत्तरियामा भोली सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय “सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१” हुने भएकोे हो ।
व्यक्तिगत प्रतिभालाई अगाडी बढाउनुको साथै हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको रविन कला केन्द्रका संस्थापक अध्यक्ष राम बहादुर रावलले बताएका छन् । कार्यक्रममा एक जिल्ला बाट एक जना मात्र प्रतिष्पर्धी रहनेछन् ।
प्रतियोगितामा प्रथम पुरुस्कार नगद पन्ध्र हजार,द्धितिय हुनेलाई दश हजार र तृतियलाई सात हजार पुरस्कारको व्यवस्था रहेको छ । उक्त प्रतियोगितामा बरिष्ठ कलाकारहरुको उपस्थिति तथा प्रस्तुति र केहि कलाकारहरुको सम्मान रहने पनि बताईएको छ ।
यस प्रतियोगिताको निर्णायकको भुमिकामा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी(अछामी बड्डो),सुरत रावत (डोटेलि कान्छा) रहनेभएका छन् । प्रतियोगिता भोली दिउँसो १२ बजेदेखी अत्तरिया स्थीत नमस्ते पार्टी प्यालेसमा हुनेछ ।