मजगाँउ थारु होमस्टेका सदस्यहरुलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम प्रदान गरिँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको मजगाँउ थारु सामुदायिक होमस्टेका सदस्यहरुलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम दिन थालिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत तारा गाँउ विकास समितिले होमस्टेका सदस्यहरुलाई मजगाँउमै चार दिने तालिम दिन थालेको हो ।

उत्त तालिमको आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले उद्घाटन गरेका हुन् । मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिका प्रतिनिधीहरु,होमस्टेका सञ्चालकहरु सहित ३० जना सहभागि रहेको तालिममा मुख्य प्रशिक्षकको रुपमा तारा गाँउ विकास समितिका संयोजक दिनेश भण्डारी रहेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव भट्टराईले उद्घाटन कार्यक्रममा बोल्दै थारु होमस्टे सञ्चालन गर्नुको उदेश्य थारु कला सँस्कृति,भाषा,भेषभुषा खानपान संरक्षण तथा सम्र्वद्धन गर्नु पनि भएकोले सोहि अवधारणा बमोजिम अघि बढ्न आग्रह गरे । होमस्टेले स्थानीय स्तरमा रोजगारी सिर्जना गरि गरिबि न्युनिकरणमा पनि टेवा पुर्याउने भन्दै मजगाउँ थारु होमस्टेको कुनै छुट्टै विशेषता बनाउन उनले आग्रह गरे ।

भट्टराईले मन्त्रालयका तर्फबाट होमस्टे सञ्चालकहरुलाई क्षमता अभिवृद्धीका लागि तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने पनि बताएका छन् । होमस्टे सञ्चालन गर्न स्थानीय उत्पादन पनि आवश्यक भएकोले स्थानीय उत्पादन वृद्धीमा पनि ध्यान दिन उनले होमस्टे सञ्चालकहरुलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरीले पुर्ण समय दिएर तालिम लिन सहभागिहरुलाई आग्रह गर्दै सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । उनले होमस्टे प्रर्वद्धनका लागि वडा बाट गर्न सकिने सहयोगका लागि आफु सँधै तयार रहेको बताए । होमस्टेले पर्यटन विकासमा ठूलो सहयोग पु¥याउने चौधरीले बताए । गत असारमा उद्घाटन गरिएको मजगाँउ थारु होमस्टेमा हाल ५ ओटा होमस्टे सञ्चालनमा छन् ।

मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीको सभापतित्वमा सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय कैलालीका अधिकृत रामचन्द्र कडेल,वन विज्ञ विनोद भट्ट,होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी नारायण चौधरी, होमस्टे महासंघका सुदूरपश्चिम अध्यक्ष दिनेश चौधरी लगायत तालिमका सहभागि र विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिका उपाध्यक्ष पेजराम चौधरीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विर बहादुर चौधरीले गरेका थिए ।