महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु,एक बेपत्ता

Image
maya metro

बैतडी – महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका-१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

शिवनाथ गाउँपालिका-१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको मृत अवस्थामा उद्धार गरेको थियो।

nisarga

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता रहेकी छन्।

बेपत्ता अस्मिताको खोजी भइरहेको छ। अस्मिताको खोजीका लागि स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।