Attariya Hospital Pvt.Ltd.

महाकालीमा बेपत्ता बालिकाको अवस्था अझै अज्ञात

padma
milan sunchadi

बैतडी – तीन दिनअगाडि महाकालीमा बगेर बेपत्ता भएकी बैतडीकी एक बालिका अझै भेटिएकी छैनन्। जिल्लाको शिवनाथ गाउँपालिका-१ स्वालाकी १२ वर्षीया अस्मिता चाँड असार ८ गते शनिवार विहान महाकालीमा बेपत्ता भएकी थिइन्।

नुहाउने क्रममा बगेर बेपत्ता भएकी अस्मिता हालसम्म फेला पर्न नसकेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। बालिका फेला पर्न नसकेको र अवस्था अज्ञात रहेको छ।

अस्मिताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताए।

Siddi ganesh

महाकालीमा बेपत्ता बालिका खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरिएको छ। महाकालीले बगाएर पारी पनि लगेको हुनसक्ने भन्दै भारतीय प्रहरीलाई खोजीका लागि सहयोग मागिएको हो।

satyawati

अस्मितासँगै महाकालीमा नुहाउन गएकी शिवनाथ गाउँपालिका-१ स्वालाकै १५ वर्षीया रजनी चाँड भने मृत फेला परेकी छन्। शनिवार रजनी बगेको केहीबेरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उनको शव निकालेका थिए।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.