अछाममा करेन्ट लागेर एक बालकको मृत्यु

Image

अछाम – बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा मङ्गलबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको मृत्यु भएको हो ।

करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको स्थानीय गणेश बहादुर शाहीले जानकारी दिए । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ ।

बिमलसँगै गएका झंकर भने सकुशल रहेको शाहीको भनाइ छ । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।