अछाम र बाजुरामा बिजुली अवरुद्ध

Image

नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब स्टेसनमा समस्या आएपछि अछाम र बाजुरामा बिजुली अवरुद्ध भएको छ।

सब स्टेसनको ‘इनकमर’मा रातिदेखि नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ।

nisarga

साँफेबगरमा रहेको सब स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख हिक्मतबहादुर बिसीले ​जानकारी दिए।

मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ।