बलेले गरे विवाह

Image
maya metro

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन् ।

उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् । उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।

nisarga

स्नेहा पेशाले नर्स हुन। स्थायी घर झापा, दमक भएपनि उनी भक्तपुरमा बस्दै आइरहेकी थिइन् । उनको विवाह पनि आज भक्तपुरस्थित उनको मामाघरबाटै भएको हो।

बले बिहान जन्ती लिएर भक्तपुर पुगेका थिए। त्यहाँको प्रक्रिया सकेर चाबहिलस्थित एक पार्टी प्यालेस पुगेका बले र स्नेहाको स्वयंवर सकिएको छ। बले र स्नेहाले मागी विवाह गरेका हुन।