१० महिनादेखिको युद्धले गाजापट्टीमा दुई तिहाइ भवन क्षतिग्रस्त

Image

युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रस‌घले बताएको छ।

‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट सेन्टरले भनेको छ, “यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन्। यो यस क्षेत्रका कुल संरचनाको करिब ६३ प्रतिशत हो।’

nisarga

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो। आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ व्यक्तिको मृत्यु भएको थियो।

आक्रमणका क्रममा हमासका लडाकूहरूले २५१ बन्धकलाई पनि कब्जामा लिएका छन्। यसमध्ये १११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन्।हमास विरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार ४८० को मृत्यु भएको छ।

युनोस्याटले गाजा पट्टीमा द्वन्द्वबाट उत्पन्न कूल भग्नावेशषको मात्रा लगभग चार करोड १९ लाख ५० हजार मेट्रिक टन रहेको बताएको छ। सन् २००८ देखि प्यालेस्टिनी क्षेत्रमा भएका विगतका सबै द्वन्द्वको कूल तौलभन्दा १४ गुणा बढी भग्नावशेषको परिणाम यस द्वन्द्वले निम्त्याएको छ।

एजेन्सीले गाजा पट्टीमा प्रत्येक वर्गमिटरका लागि ११४ किलोग्राम भग्नावशेष उत्पन्न भएको अनुमान गरेको छ।

यसको उपग्रह इमेजरी आधारित विश्लेषणले मानवीय समुदायलाई द्वन्द्व–सम्बन्धित क्षतिको हदको मूल्याङ्कन गर्न र आपत्कालीन राहत प्रयासलाई आकार दिन मद्दत गर्छ।