Attariya Hospital Pvt.Ltd.

नदी कटानले गोदावरी धामको मुख्य मन्दिर जोखिममा

padma
milan sunchadi

अत्तरिया – कैलालीको प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल गोदावरी धामको मुख्य मन्दिर गोदावरी नदीको कटानले जोखिममा परेको छ । गोदावरी नदीले वर्षायाममा वर्षेनी कटान गर्दा मुख्य मन्दिर जोखिममा परेको हो । गोदावरी नदीको वारि विभिन्न निकायले तटबन्ध गरेको भएपनि पारि रहेको मुख्य मन्दिरमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

२०३६ सालमै स्थापित गोदावरीको प्राचीन मुख्य मन्दिर नदी कटानले जोखिममा परे पनि सम्बन्धित निकायले बेवास्ता गरेको त्यहाँका साधुसन्तहरुले गुनासो गरेका छन् । मुख्य मन्दिर क्षेत्रको हेरचाह श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रमले गर्दै आएको छ । आश्रमका अध्यक्ष तुल्सी गीरी महाराजले गोदावरी धामको मुख्य मन्दिर नदी कटानले जोखिममा परेको बताए । “धेरै वर्षदेखी नदीले मुख्य मन्दिरतिर नियमित कटान गर्दै आईरहेको छ,अब पनि तटबन्धन नहुने हो भने मन्दिर नै बग्न बेर लाग्दैन,उनले भने ।”

plastik

उनले गोदावरी नगरपालिका लगायत सम्बन्धित निकायलाई कटान गरेको भागमा तटबन्ध गरिदिन भन्दै झोलुङ्गे पुलका लागि पहल गरिदिन समेत आग्रह गरे । वर्षायाममा गोदावरी नदीमा एक्कासी ठुलो बाढी आउने हुँदा मन्दिरमा बस्दै आएका साधु सन्तहरुलाई वारपार गर्न निकै कठिन हुने गरेको उनको भनाई छ । पछिल्लो समय प्राचीन मन्दिर क्षेत्रलाई सबै निकायले बेवास्ता गर्दै आएको उनले गुनासो गरे ।

Siddi ganesh

मन्दिरमा दिनहुँ थुप्रै व्यक्तिहरु पूजा अर्चना तथा घुम्नको लागि पुग्ने गर्दछन् । प्राचीन कालमा पाँच पाण्डवहरुले निर्माण गरेको विश्वास गरिने उत्त शिव मन्दिरलाई २०३६ सालमा पुर्ननिर्माण गरिएको थियो । केदार गीरी महाराजको संयोजकत्वमा श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थ धाम शन्यास आश्रम नामको समिति दर्ता गरी उत्त प्राचीन मन्दिरलाई पुर्ननिर्माण गरिएको थियो ।

त्यसपछी विभिन्न समयमा विभिन्न निकायहरु मार्फत अन्य थुप्रै संरचनाहरु पनि निर्माण गरिएका छन् । मन्दिरमा हाल १५ जना साधु बस्दै आएका छन् । उनीहरुले ३२ ओटा गाई सहित गौशाला सञ्चालन गर्दै आएका छन् । उत्त प्राचीन मन्दिरमा विवाह,ब्रतबन्ध लगायतका धार्मीक कामहरु पनि हुने गरेका छन् ।

१० रोपनी जमिनको उत्त मन्दिरसंग लालपुर्जा छ भने अहिले आवश्यकताको आधारमा सामुदायिक वनको जमिन भोग चलन गर्दै आएको छ । यहाँका साधु सन्तहरुले नजिकका क्षेत्र ओलानी,चौकिडाँडा लगायतका क्षेत्रबाट भिक्षा मागेर गुजारा गर्दै आएका छन् ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.