तोलाको १५ सय बढ्यो सुन

Image
maya metro

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो।

nisarga

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।