
ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलसहित सवार ६१ जनाकै मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका विमानमा सवार कोही पनि बाँचेनन् । एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।

टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । सामाजिक सञ्जालमा प्रसारित भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल झरेको देखाइएको छ ।
यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन्।
फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।































