अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते

Image
maya metro

अछाम – अछाममा टिप्पर दुर्घटना भएको छ। जिल्लाको मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो।

nisarga

उक्त दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्।

घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।

घटनाको पुर्ण विवरण आउँन बाकि छ।