धनगढी – संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढीमा सम्मान गरिएको छ।
आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का दमाईलाई सम्मान एवं बधाई ज्ञापन गरेकाे छ। दमाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्।
सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गाेपाल हमालले आचार्य दमाईलाई १ लाख ५१ हजार नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।
अझै जातिय छुवाछुत रहेकाे हाम्राे समाजलाई प्रेरणा दिन धनगढी उपमहानगरले आचार्य कृष्ण दमाईलाई पुरष्कृत सहित सम्मान गरेकाे नगरप्रमुख हमालले बताए ।
आचार्य दमाईले चाहेकाे वेला धनगढी उपमहानगरले याेग्यता अनुसारकाे जागिर दिने र उनलाई अभियान्ताका रुपमा समाज परिबर्तनमा सकृय गराउने नगरप्रमुख हमालले घाेषणा गरे ।