आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

Image

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

मूल्यसूची हेर्नोस्–

fgagm-1725118368.jpg