
अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको हेमा श्री फाउन्डेसनले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
फाउन्डेसनले अछामको साफेँबगर नगरपालिका वड नम्बर १३ स्थित जाल्पादेवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालबालिकालाई आज (मंगलबार) शैक्षिक सामाग्री वितरण गरेको हो ।

३५ जना बालबालिकालाई झोला,कापी र कलम वितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताए । विगतदेखी नै जाल्पादेवी आधारभूत विद्यालयलाई सहयोग गर्दै आएको फाउन्डेसनले अर्कोपटक विद्यार्थीलाई पोषाक उपलब्ध गराउने जोशीले बताए ।
आगामि दिनमा बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भावी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष जोशीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुप बहादुर कुँवर रहेका थिए भने विशिस्ट अतिथि वडा सदस्य बिरु सुनार र हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष जोशी रहेका थिए ।
त्यस्तै कार्यक्रममा अतिथिमा युवा व्यवसायी टेक बहादुर बटाला,पुष्प बटाला,पृथ्वी बटाला,गोरख कुँवर, शिक्षक–शिक्षिका,फाउन्डेसनका पदाधिकारी,अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।