तोलाको २ हजारले बढेर सुनमा नयाँ कीर्तिमान

Image
maya metro

काठमाडौं – नेपाली बजारमा सुनको भाउले लगातार चार दिन नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो। भदौ २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

nisarga

यस्तै असोज १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन आज आज पुनः २ हजार रुपैयाँले बढेको हो।

आज २ हजार रुपैयाँले बढेसँगै सुन तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ। जुन हालसम्म कै उच्च हो।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउमा पनि वृद्धि भएको हो। लगानीकर्ताहरु सुनमा बढी आकर्षित हुँदा भाउ वृद्धि भएको व्यवसायीहरु बताउँछन्।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ०९ दशमलव ९७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ।