गाजामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु

Image
maya metro

उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन्। धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ।

nisarga

इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ। मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र विशेष संयोजक टोर वेन्सल्याण्डले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताएका छन्।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टोबर ७ देखि गाजामा इजरायली हमलाका कारण ४२ हजार ६०३ जनाको मृत्यु भएको छ भने ९९ हजार ७९५ जना घाइते भएका छन्।

इजरायले दक्षिणपूर्वी लेबनानमा पनि आक्रमणलाई तीव्र पारेको छ। इजरायली आक्रमणबाट शेबा शहरको बाहिरी भागमा रहेको पानी परियोजना ध्वस्त भएको छ। इजरायली युद्धक विमानले ’अल-मघारा’ पानी परियोजनाको मुख्य निकासमा मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।