गोदावरी–८ बासीले खुटियाबाट नदीजन्य पर्दाथ संकलन गर्न नदिने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ र ९ बासीले खुटियाबाट जथाभावी नदीजन्य पर्दाथ संकलन गर्न नदिने भएका छन् । उनीहरुले स्थानीय तहले खुटियाबाट जथाभावी नदीजन्य पर्दाथ संकलन गर्दा कटानको जोखिम बढेको भन्दै नदीजन्य पर्दाथ संकलन गर्न नदिने भएका हुन् ।

उनीहरुले बाटोमा ढुंगा राखेर सवारीसाधन नदी प्रवेश गर्न दिएका छैनन् । उनीहरुले आफुहरुको माग पुरा नभएसम्म सरकारले खुटिया नदीको कटानी प्रभावित क्षेत्रका नागरीहरूको जमिनमा तटबन्ध योजना, स्थानीयले पाउनुपर्ने हकदाधिकारको विकासको योजना, भई परी आउने समस्याको समयमा स्थानीय सँग समन्वय गरी समाधान गर्नुपर्ने स्थानीयको माग गरेको गोदावरी ८ स्याउलेका स्थानीय गोपाल देउवाले जानकारी दिए ।

nisarga

उक्त माग पुरा नभए सम्म स्थानीयले नदीजन्य पदार्थ खुटिया नदीबाट ढुङ्गा गट्टीबालुवा निकासमा रोक लगाएको उनले बताए । खुटिया नदी गोदावरी नगरपालिकाले ५ करोड ८६ लाख ६० हजार ६७८ रुपैँयामा बालाजी कन्ट्रक्सनलाई ठेक्का लगाईसकेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले पनि स्थानीयका मागप्रति ऐक्यबद्धता जनाएका छन् ।