
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसहित १० जना पदाधिकारीले राजीनामा दिएका छन् । बुधबार (आज) पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्कासहित महासचिव शंकर खड्का , कोषाध्यक्ष हेमराज भन्डारीले पनि राजीनामा दिएका छन् ।
यस्तै उपाध्यक्ष फागुराम चौधरी , चेतराज पन्त र सदस्यहरु बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का , बालकृष्ण ओझा, रमेश बोगटी र तेज बहादुर कार्कीले राजीनामा दिएका हुन ।

संघका अध्यक्ष कल्याण सिंह बोहराको नेतृत्वमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । गत वर्ष संघले आयोजना गरेको महोत्सवमा भएको नक्कली ठेली बिक्रि अदालत पुग्दा समेत मुल नेतृत्वले जिम्मेवारी लिन नचाहेको उक्त समूहको आरोप छ ।
आज मात्रै नक्कली ठेली प्रकरणमा जारी मुद्दा दुबै पक्षले सहमति बाट मिलापत्र गरेका थिए। अदालतमा मुद्दा चलेका संघका पदाधिकारीको उपस्थितिमा मिलापत्र गरिएको थियो ।
गत वर्ष को महोत्सवमा संघकै पदाधिकारीले महोत्सवमा नक्कली ठेली फेला परेपछी संघका अध्यक्ष बोहराले ४ जनाको नाम जोहेरी दिएपछि मुद्दा विचाराधिन रहँदै आएको थियो । संघका बहुमत सदस्यले राजिनामा दिएपछि अब अध्यक्ष पक्ष अल्पमतमा परेको छ ।















