कैलालीमा १२ ग्राम खैरो हेरोईनसहित ७ जना पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – कैलालीमा १२ ग्राम लागुऔषध खैरो हेरोईनसहित ७ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडा नम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् । भट्टलाई दुई ग्राम ४७० मिलिग्राम, रानालाई एक ग्राम ३४० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

nisarga

यस्तै, जानकी गाउपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावललाई शंका लागि चेकजाँच गर्दा तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको उनले बताए ।

धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिक बस्ने २८ वर्षीय गोपाल रामजालीमगरलाई ५१० मिलिग्राम र वडा नम्बर ८ संगम टोल २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ५९० मिलिग्राम र वडा नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई एक ग्राम ८४० मिलिग्रामसहित पक्राउ गरिएको छ ।

सातै जनाबाट बरामद गरिएको लागुऔषध खैरो हेरोईनको तौल ११ ग्राम ७३० मिलिग्राम रहेको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।