
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत जोनापुरमा रहेको मातृभूमि सामुदायीक वनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वनकी अध्यक्ष सिता चौधरीको सभाअध्यक्षतामा आज सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले वन जंगल संरक्षणमा सामुदायीक वनको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले वन साझा सम्पत्ति भएकोले सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । त्यस्तै वनकी अध्यक्ष सिता चौधरीले समितिले मात्रै चाहेर वन संरक्षण गर्न नसकिने बताइन् ।
उनले वन संरक्षणका लागि उपभोक्ताको सहयोग अनिवार्य रहेको बताइन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधसहित उपभोत्ताहरुको उपस्थिति रहेको थियो ।















