यी हुन् पत्रकार महासंघ कैलालीको निर्वाचनमा विजयी उम्मेदवार

Image
maya metro

अत्तरिया – नेपाल पत्रकार महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान सम्पन्न भइसकेको छ । कतिपय जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने कतिपयमा जारी छ ।

यसै बिच कैलाली शाखाको मत गणना भने हिजो राती नै सम्पन्न भइसकेको छ । पत्रकार महासंघ कैलालीको कार्यसमितिको उपाध्यक्षमा १०४ मतका साथ विराज रोस्यारा, सचिवमा १ सय मतसहित तेजराज भट्ट र कोषाध्यक्षमा ९६ मतकासाथ सुनिल आउजी विजयी भएका छन् । त्यस्तै सह–सचिव (समावेशी) मा निराजन परियारले ७९ मत पाएका छन् ।

nisarga

यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भइसकेका थिए ।

त्यस्तै १० सदस्य पदका लागि भएको निर्वाचनमा १०४ मतका साथ अत्तरिया अनलाइनका प्रबन्धक बालकृष्ण ओझा विजयी भएका छन् । उनले सदस्यहरुमा सबैभन्दा बढी मत प्राप्त गरेका हुन् ।

त्यस्तै सदस्यहरुमा कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनालले ६८ मत प्राप्त गरेका छन् ।

यस्तै महिला सदस्यमा अनिता चौधरीले ८७ मत र दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्लामा ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा ४ पदाधिकारी र १० सदस्यका लागि निर्वाचन भएको हो ।

त्यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका उम्मेदवार भरत शाहले अध्यक्षमा कैलालीबाट ११६ मत,मिन बमले ३४ र मान बहादुर साउँदले ८५ मत पाएका छन् ।

त्यस्तै महासचिवका पदका उम्मेदवार शिवराज भट्टले ८२ र हरि प्रसाद जोशीले ६५ मत पाएका छन् भने कोषाध्यक्षका उम्मेदवार वरुण पनेरुले ७२ र हर्क बहादुर विकले ६९ मत पाएका छन् ।

पत्रकार महासंघ कैलालीको निर्वाचनमा १५१ जनाले मतदान गरेका थिए ।