कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

Image
maya metro

काठमाडौं – नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ।

कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरले ८ विकेट गुमाएर ११९ रन बनायो।

nisarga

जनकपुरका लागि जेम्स निसम ४५, हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३, कप्तान आशिफ शेख चार, शुभ कंसकार तीन लाहिरू मालिन्था दुई, मोहम्मद मोहसिन एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए।

कर्णालीका लागि विपिन शर्माले तीन, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो। कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी,जेम्स निसम ​ र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिए।

उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिश्पर्धा गर्नेछ।