
धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध (खैरो हेरोइन) सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गोप्य सूचना तथा नियमित सुरक्षा जाँचका क्रममा बिहीबार विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरीयास्थित २८ वर्षीय हरिप्रसाद डगौरा, गोदावरी नगरपालिका–५ गेटा बस्ने १९ वर्षीय कुशल विष्ट सहित चारजना र वडा नं. १२ पुरानो शिविर बस्ने १८ वर्षीय एक किशोर रहेका छन् ।
डगौराको साथबाट शुद्ध तौल ७७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धूलो पदार्थ, विष्टको साथबाट ४५० मिलिग्राम खैरो हेरोइन र ति किशोरको साथबाट ७० मिलिग्राम खैरो हेरोइन बरामद गरी नियन्त्रणमा लिएको हो ।
उक्त लागूऔषध सम्बन्धी घटनाहरूमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

















