टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

Image
maya metro

बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ ।

विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् ।

nisarga

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ।

नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।