सरोकारवालाहरुसंग महिला जागरण तथा विकास केन्द्रको छलफल

Image

अत्तरिया – महिला जागरण तथा विकास केन्द्रले सरोकारवालाहरुसंग छलफल गरेको छ ।

बिहिबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले धनगढी उप महानगरपालिका तथा गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुसंग महिला अधिकारको विषयमा छलफल गरेको हो ।

छलफलमा धनगढी तथा गोदावरीका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध प्रतिनिधिहरु,कानुन व्यवसायी,स्थानीय समुहका महिलाहरु,सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

महिला जागरण तथा विकास केन्द्रले धनगढी तथा गोदावरीका विभिन्न वडाहरुमा काम गर्दै अइरहेको छ ।

सन् १९९७ मा स्थापना भएको यो संस्थाको मुख्य लक्ष नेपालमा महिला र बालबालिकाको अधिकारको संरक्षण एवंम प्रवर्द्धनमा केन्द्रित रहेको छ ।

यस्ले न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै विभेद र हिंसा न्यूनिकरण सम्बन्धी कार्यकमहरु आयोजना गर्दै आईरहेको छ ।