महिला उद्यमी संघ कैलालीको तदर्थ समिति पुनर्गठन

Image

अत्तरिया – महिला उद्यमी संघ कैलालीको तदर्थ समिति पुनर्गठन गरिएको छ ।

शुक्रबार महिला उद्यमी महासंघकी केन्द्रिय सदस्य मिना फुलाराको अध्यक्षतामा कैलालीको अत्तरियामा बसेको वैठकले तदर्थ समिति पुनर्गठन गरेको हो । समितिको अध्यक्षतामा सुनी भण्डारी चयन भएकी छिन् ।

त्यस्तै उपाध्यक्षमा सरस्वती धामी,महासचिवमा यसोदा चोखाल र कोषाध्यक्षमा रमा कट्टेल चयन भएकी छिन् भने सदस्यहरुमा सिता साउँद,सुनिता विष्ट,तुलसी बोहरा,दिपीका कुँवर,कमला भट्टराई र लक्ष्मी रिजाल भएका छन् ।

महिला उद्यमी महासंघ कैलालीको २०७३ सालमा समिति गठन गरिएपनि हालसम्म निष्क्रिय रहेको थियो।