अत्तरिया – कैलालीको अत्तरियामा विभिन्न तालिम लिएका ६० जनालाई प्रमाणपत्र वितरण गरिएको छ । गैर सरकारी संस्था यार्ड नेपालको युवा उद्धमशीलता परियोजना अन्तरगत डिजीटल मार्केटिङ,ग्राफिक डिजाइन,फ्लोरिकल्चर,ब्राइडल फेन्सी सेन्डल बनाउने लगायतका तालिम लिएका ६० जना युवा युवतीहरुलाई शनीबार एक कर्यक्रमकाबिच प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,रोजगार शाखा प्रमुख रोहित जोशी लगायत,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रवत्ता भट्टले यार्डले गोदावरीका युवायुवतीलाई दक्ष बनाउन अहम भूमिका खेलेको बताए ।
उनले पछिल्लो समयमा आफ्नै ठाउँमा विभिन्न सिप सिकेर स्वरोजगार बन्ने भन्दा विदेशिनेको हुल ठुलो भएकोले सिपमूलक कार्यक्रम चलाउन समेत मुस्किल हुने गरेको बताए । सिप सिकेकाहरुले व्यवहारमा उतार्नु पर्ने उनले बताए । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भट्टले यार्डले फेरि पनि यस्तै प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले सिकेको सिपलाई लागू गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । ग्राफिक डिजाइनको तीन महिने तालिम लिएका गोदावरी २ का क्षितिज साउँदले तालिम आफुलाई धेरै लाभदायिक भएको बताए । त्यस्तै अकाउन्टींग सम्बन्धि तीन महिने तालिम लिएकी गोदावरी २ कै पूजा विकले पनि अब रोजगारका लागि कतै आवेदन दिँदा सहज हुने बताइन् ।
तालिममा प्रशिक्षार्थीमध्य ब्राइडल तालिम लिएका ८ जनाको समूहलाई संस्थाले चार लाख ७८ हजार बराबरका निर्माण सामग्री पनि हस्तान्तरण गरेको छ ।
एभरेष्ट एकेडेमीलाई नर्सरी हस्तान्तरण
सोहि परियोजना अन्तरगत यार्डले एभरेष्ट एकेडेमीलाई नर्सरी हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमकाबिच प्रमुख प्रशासकिय अधिकृत भट्टले उद्घाटन गरि एभरेष्ट एकेडेमीलाई हस्तान्तरण समेत गरेका हुन् ।
फूलखेती गरेरे नर्सरीमार्फत एभरेष्ट एकेडेमीका बालबालिकाहरुले पढ्दै आम्दानी गर्न सकुन भन्ने उदेश्यले फलफूल नर्सरीको स्थापना गरिएको यार्डका कार्यक्रम संयोजक महेन्द्र शाहिले बताए । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत यार्ड र एभरेष्ट एकेडेमीको सहकार्यमा नर्सरीको स्थापना गरिएको उनले बताए ।
गोदावरी नगरपालिकासहित विभिन्न संघ संस्थाहरु संगको सहकार्यमा गोदावरीका विभिन्न विद्यालयहरुमा अध्ययनरत १३२ जना युवायुवतीहरुलाई तालिम प्रदान गरिएकोमा ४७ जनालाई विभिन्न क्षेत्रका रोजगारीमा स्थापीत गरिएको उनले बताए । त्यस्तै १८ जनाले सामूहिक तथा एकल गरि व्यवसायीक भएको शाहीले बताए ।
यार्डले डेढ वर्षको अवधीमा थोरै भएपनि बढ्दो वैदेशीक यात्रालाई रोक्ने प्रयास गरेको उनको भनाई छ । आगामी दिनमा नगरपालिकाले यो विषयलाई ध्यानमा राखेर अघि बढ्नेमा आफु विश्वस्त रेहेको उनले बताए । गोदावरीमा युवा उद्धमशीलता परियोजनाको समापन समेत भएको छ ।