जयलक्ष्मी ग्रामिण विधुत सहकारीको २० औँ साधारणसभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामिण विधुत सहकारी सँस्था लिमिटेडको २० औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार सँस्थाका अध्यक्ष टेक बहादुर देउवाको सभापतित्वमा संचालित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख रहेका थिए ।

सभाको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहकारीले ग्रामीण भेगमा विद्युत आपूर्ति गर्दै स्थानीय नागरिकको जीवनस्तर उकास्न खेलेको भूमिका प्रशंशनिय रहेको बताए ।

उनले सँस्था अगाडी बढाउन शेयर सदस्यको भूमीका पनि महत्वपुर्ण हुने बताए । न्युन आय स्तरका उपभोक्तालाई विधुत महसुलमा सहुलियत गर्नेपनी सँस्थाको कर्तव्य रहेको उनले बताए । साधारणसभामा विधुतको क्षमता बढाउन शेयर सदस्यले गरेको मागकाबारे बोल्दै उनले आफुले सक्दो प्रयास गर्ने बताए ।

२०६३ सालमा स्थापना भएको उत्त सहकारीमा हाल ६०० जना शेयर सदस्य रहेका छन् । सँस्थाले गत आर्थीक वर्ष २०८०र८१ मा ७७ लाख ८७ हजार ९३२ रुपैँयाको कारोबार गरेको छ ।

सहकारीमा ट्रान्सर्फमरको कमीले विधुत प्रवाहमा समस्या आउने गरेको उपभोत्ताले गुनासो गरेका छन् । पटकपटक सम्बन्धीत निकायसंग ट्रान्सर्फमरकोलागी माग गरेपनी उपलब्ध नभएको र फेरी पनी पहल गर्ने सँस्थाले जनाएको छ ।

सभामा सहकारीका अध्यक्षले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, र उपभोक्ताहरूको उपस्थिति रहेको थियो।