डोटी – डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
३९ वर्षीया भूमिसरा खड्काको आज (सोमबार) बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी खड्का घाँस काट्ने क्रममा खोलामा खसेकी थिइन्।
भिरबाट खसे लगत्तै उनको मृत्यु भएको हो । मृतकका दुई छोरा र दुई छोरी रहेका छन्।