देशभरको मौसम सफा रहने

Image

काठमाडौं – देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा हिमाली क्षेत्रमा दिउँसो आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।

nisarga

विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।

बिहानको समयमा तराई तथा उपत्यकाकामा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।