अत्तरिया – कैलालीको अत्तरिया बसपार्कबाट भन्सार छलीका समान बरामद गरिएको छ ।
भन्सार छली गरी ल्याएका लेडिज कटराइज पाइन्ट, लेडिज टप्स लगायत दुइ लाख त्रिपन्न हजार एक सय बराबरका सामानहरू सोमबार बेलुकी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बरामद गरिएका सामानहरु भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।