अछाममा १ हजार ८६ जना खुले भीम रावलको अभियानमा

Image
maya metro

अत्तरिया – अछामका एक हजार ८६ जना भीम रावलको मातृभूमि जागरण अभियानमा लागेका छन् । मंगलबार उनीहरूले पत्रकार सम्मेलन गर्दै रावलको अभियानमा लागेको जानकारी दिएका हुन् ।

एक हजार ८६ मध्ये पाँच जनाबाहेक सबै एमालेका छन् । भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना छन् ।

nisarga

यस्तै नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरु छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका छन् ।

पत्रकार सम्मेलनमा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियनलाई समर्थन गरेको दाबी गरे । दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाममा छन् । उनलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।