अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत जमुनानगरमा पाहुना हेयर सैलुन सञ्चालनमा आएको छ ।
नेकपा एमाले गोदावरी नगर कमिटिका अध्यक्ष सन्तोष सिंहले करिब ४ लाख लगानिमा पाहुना बारबियर हाउस नामक सैलुन सञ्चालनमा ल्याएका हुन् ।
सैलुनको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिका पूर्व नगर प्रमुख हरिसंह साउँदले रिबन काटेर उद्घाटन गरेका हुन् ।
नेपालमा आएर अधिकांश भारतीयहरुले मात्रै सैलुन सञ्चालन गरिरहेकोले फरक सन्देश दिन आफुले सैलुन सञ्चालन गरेको सञ्चालक सिंहले बताए ।
त्यस्तै आफु राजनितिमा आवद्ध भएकोले पनि राजनितिलाई पेशा नभई सेवाका रुपमा स्थापीत गर्नका लागि छुट्टै आम्दानीको स्रोत जुटाउने प्रयास गरेको उनको भनाई छ ।
सिंहले गोदावरी ६ स्थीत हरैयामा पाहुना घर पनि सञ्चालन गर्दै आएका छन् । सैलुनमा दुईजना कर्मचारी राखिएको छ । पेशा,व्यवसायलाई सानो ठुलो भनेर नदाँजेर काम गरे देशमै सम्भावना रहेको सिंहले बताए ।
यो सैलुनमा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेहेन्दी, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवाहरु उपलब्ध छ ।
सैलुनमा शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसँग सम्बन्धित सेवाहरु उपलब्ध रहेको सञ्चालक सिंहले बताएका छन् ।