अत्तरिया – उच्च अदालत दिपायलले कैलालीको अत्तरिया उत्तरिया उद्योग वाणिज्य संघमा तत्काल कुनै कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
संघका अध्यक्ष कल्याण सिंह बोहराले गत पुष २८ गते संघको विधान २०७१ को परिच्छेद ४, दफा १४, बुँदा ५ अनुसार रिक्त सदस्य पदमा ६ जना मनोनयन गरेका थिए ।
उत्त निर्णयविरुद्ध संघका निर्वतमान महासचिव शंकर बहादुर खड्काले उच्च अदालतमा रिट दिएका थिए ।
सोही रिटमाथि उच्च अदालतका न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले मनोनित सदस्यहरुको उपस्थितिमा वैठक बस्ने तथा निर्णय गर्ने समेतका कुनै कार्य नर्गन नगराउन अन्तरिम आदेश दिएको हो ।
संघले गत वर्ष पुषमा आयोजना गरेको प्रादेशिक महोतसवमा नक्कली टिकट ठेली बरामद भएपछि विवाद रहँदै आएको छ ।
सोहि क्रममा संघका वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्कासहित ११ जनाले गत मंसिरमा राजीनामा गरेका थिए ।