बैतडीमा जिप दुर्घटना,छ जना गम्भीर घाइते

Image

बैतडी – जिप दुर्घटना हुँदा बैतडीमा छ जना गम्भीर घाइते भएका छन्। शनिबार बिहान ६ बजे जिल्लाकाे सिगास गाउँपालिका १ मारुमा सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परेर एकै गाउँका छ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते हुनेहरूमा सिगास-१ इराना घर भएका १४ वर्षीया जयन्ती धामी, ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पावर्ती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्।

घाइतेहरु सबैलाई उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनापछि चालक जयन्त बोहरा फरार रहेका छन् ।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब ७ सय मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।