अछाममा दुई किशोरी मृत फेला

Image
maya metro

अछाम – अछामको ढकारी गाउँपालिका–८ घोडासैनका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए ।

प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए । साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो । प्रहरीमा भने खबर भएको थिएन ।

nisarga

शनिबार पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर प्रहरीमा खबर भएको हो । हिजो रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै गरिएको र आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जाने अछाम प्रहरीले जनाएको छ ।