अत्तरिया उद्योग वाणिज्य संघ विवाद : उच्च अदालतको अन्तरिम आदेश निरन्तर

Image

अत्तरिया – उच्च अदालत दिपायलले कैलालीको अत्तरिया उत्तरिया उद्योग वाणिज्य संघमा यसअघिको अन्तरिम आदेश नै निरन्तर कायम रहेको छ ।

संघका मनोनित ६ जना सदस्यलाई राखेर तत्काल कुनै कार्य अघि नबढाउन माघ ११ गते उच्च अदालत दिपायलले अन्तरिम आदेश जारी गरेको थियो ।

संघका अध्यक्ष कल्याण सिंह बोहराले गत पुष २८ गते संघको विधान २०७१ को परिच्छेद ४, दफा १४, बुँदा ५ अनुसार रिक्त सदस्य पदमा ६ जना मनोनयन गरेका थिए ।

उत्त निर्णयविरुद्ध संघका निर्वतमान महासचिव शंकर बहादुर खड्काले उच्च अदालतमा रिट दिएका थिए ।

सोही रिटमाथि उच्च अदालतका न्यायाधीश डण्डपाणी शर्माको एकल इजलासले मनोनित सदस्यहरुको उपस्थितिमा वैठक बस्ने तथा निर्णय गर्ने समेतका कुनै कार्य नर्गन नगराउन अन्तरिम आदेश दिएको थियो ।

खड्काले दायर गरेको रिटमा आज भएको दुबै पक्षका वकिलहरुको बहसपछि उच्च अदालत दिपायलका मुख्य न्यायधिस शान्तिसिंह थापा र अस्मिनकुमार राईको संयुक्त इजलासले मुद्धाको फैसला नभएसम्मका लागि माघ ११ गतेकै अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संघले गत वर्ष पुषमा आयोजना गरेको प्रादेशिक महोतसवमा नक्कली टिकट ठेली बरामद भएपछि विवाद रहँदै आएको छ ।

सोहि क्रममा संघका वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्कासहित ११ जनाले गत मंसिरमा राजीनामा गरेका थिए ।