नेकपा एमालेबाट निस्कासित भीम रावलको अभियानमा लागेको भन्दै जिल्ला र प्रदेश तहका ५ नेता एमालेको कारबाहीमा परेका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँऔं सचिवालय बैठकले सचेत गराउँदा रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै ५ जना नेतालाई साधारण सदस्यबाटै हटाइएको बताएको छ।
रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै निस्कासित गरिएका नेताहरूमा अछाम जिल्ला सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर रहेका छन्।
त्यस्तै प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि एमालेले पार्टीबाट निस्कासन गरेको छ। यी सबै अछामका हुन्।