खुटियाबाट नियन्त्रणमा लिएका १३ सवारी जरिवाना तिरेर छुटे

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-९ सेहरी स्थित खुटिया नदीबाट नियन्त्रणमा लिएका १३ सवारी साधन जरिवाना तिरेर छुटेका छन् ।

मापदण्ड विपरीत नदीको अवैध दोहन गरेको भन्दै जिल्ला समन्वय समिति, कैलालीसहितको स्थलगत अनुगमन टोलीले गत बिहिवार १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको थियो ।

ति मध्य २ डोजर,७ टिप्पर र ६ वटा ट्याक्टर जरिवाना तिरेर छुटेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

डोजरले प्रति सवारी ५० हजार,टिप्परले ३० हजार र ट्याक्टरले  प्रति सवारी १५ हजार रुपैयाँँ जरिवाना तिरेका हुन् ।

आज अवैध उत्खनन गरिरहेका थप दुई सवारी  इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।