बाह्रवन साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको बाह्रवन साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनीबार वनका अध्यक्ष ठक्कर विक्रम शाहीको सभा अध्यक्षतामा भएको साधारण सभामा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्य मन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री बमले वन नेपालको साझा सम्पत्ति भएकोले जोगाउनु सबैको दाईत्व भएको बताए । उनले पछिल्लो समय वन मासिनेक्रम बढेको बताए । यहि गतिमा वन मासिनेक्रम बढेमा नेपाल जल र वनको धनी देश भनेर गर्व गर्ने अवस्था नरहने उनको भनाई थियो ।

nisarga

वनको क्षेत्रमा प्रदेश सरकारले धेरै कामहरु गरिरहेको बताउँदै उनले संरक्षणकर्मीहरुले दिएको सुझाव अनुसार अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बमले बताए । उनले सबैसँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, पानीको मुहान बचाउन सकिने, जडिबुटी जनावर, चराचुरुङ्गीको संरक्षणमा पनि विशेष मद्दत पुग्ने बताउँदै समितिलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि एवम् गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर कुँवरले वन अतिक्रमण गर्नेक्रम तिव्र रहेको भन्दै समिति लगायत सबै उपभोक्ताले जागरुक हुनुपर्ने बताए ।

कैलालीका चार वटा पालिका गौरीगंगा,गोदावरी,धनगढी र चुरेका ४८ हजार ८४८ उपभोक्ता रहेका छन् । साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि,वडा संयोजक लगायत नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उपभोक्ता समूहका सदस्य विक्रम विश्वकर्माको स्वागत मन्तव्यसंगै सुरु भएको साधारण सभामा संस्थाका कर्मचारी डिल्लीराज भट्टले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन कर्मचारी हेमा ओझाले गरेकी थिईन् ।