गोदावरी-८ का ज्येष्ठ नागरिकलाई सम्मान

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिले शनीबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कम्बल वितरण गरिएको हो ।

वडा कार्यालयको आर्थिक सहयोगमा गमा ६० वर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरिएको गोदावरी ज्येष्ठ नागरिक समाजले वडा समितिका अध्यक्ष प्रेम बहादुर बोगटीले बताए ।

आगामी आर्थिक वर्षमा सो शिर्षको बजेटमा वृद्धि गरिदिन उनले वडासंग आग्रह गरे । ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप न्यानो कम्मल वितरण गरिएको जनाइएको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर-८ का वडा अध्यक्ष गोबिन्द चौधरीले वडा सरकार सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए ।

उनले ज्येष्ठ नागरिक समाजका मेरुदण्ड भएकोले सबैले सम्मान गर्दै उहाँहरुका सकरात्मक पक्षहरुलाई अनुशरण गर्नुपर्ने बताए ।

सम्मान कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाजका नगर अध्यक्ष चित्र कुमार भट्ट,विभिन्न संघ संस्थाका प्रतिनिध लगायतको उपस्थिति रहेको थियो ।